काठमाडौँ उपत्यकामा थपिए ९८ जना संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा ९८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा काठमाडौंमा ८०, भक्तपुरमा ९ र ललितपुरमा ९ जना नयाँ संक्रमित थपिएको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ४६८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २६ हजार १९ पुगेको छ । पछिल्लो २४ घन्टामा १२४ जना डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ । त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १०२ पुगेको छ ।