भक्तपुरस्थित नेपाल कोरियामैत्री अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

काठमाडौँ । नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । अस्पतालमा मेडिकल डाइरेक्टर डाक्टर दिपेन्द्रकुमार रौसनका अनुसार अस्पतालमा कार्यरत ३ जना नर्स र अर्का एकजना हेल्परसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित ३ जना नर्सको उमेर क्रमशः २२,२६ र २८ वर्ष र हेल्पर पुरुष २१ वर्षका हुन् । उनीहरु ४ जनालाई नै सोही अस्पतालमा आइसोलेसन व्यवस्थापन गरी राखिएको डा रौसनले जानकारी दिए ।