बार्सिलोनाविरुद्ध बायर्नको ऐतिहासिक जित, मेसी, स्वारेज, ग्रिजम्यानसहितको स्टार स्ट्राइकरको टीम लज्जास्पद हारसहित च्याम्पियन्स लिगबाट बाहिरियो (भिडियोसहित)

काठमाडौँ – च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा यूरोपकै बलियो टिम बार्सिलोना ६९ वर्ष पछि बायर्न म्युनिखसँग फराकिलो गोल अन्तरले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

९० मिनेटको खेलमा सुरुवाती ३ मिनेटदेखि नै गोलको वर्षा गरेको बायर्नले बार्सिलोनालाइ ८–२ गोल अन्तरले पराजित गरेको हो । बार्यनका लागि थोमस मुलर र फिलिप्पे कोटिन्होले दुई–दुई गोल गरे। इभान पेरिसिक, नाब्री, जोसु किमिच र लेवान्डोस्कीले एक–एक गोल गरे ।

बार्सिलोनाले सातौं मिनेटमा आत्मघाती गोल उपहार पाउँद खेल १–१ को बराबरीमा पुगेको थियो । तर खेलमा लय नमिलेपछि धमाधम बायर्नले गोल गर्यो । दोस्रो हाफको ५७औं मिनेटमा बार्सिलोनाका लागि लुइस स्वारेजले गोल गर्दा बायर्न चार बार्सिलोना दुई गोल अन्तरमा थिए ।

त्यसपछि जोसु किमिचले ६३औं मिनेटमा, रोबर्ट लेवान्डोस्कीले ८२औं मिनेटमा, फिलिप्पे कौटिन्होले ८५औं र ८९औं मिनेटमा लगातार गोल गरेपछि बायर्नले ऐतिहासिक जित निकाल्यो भने बार्सिलोना लज्जास्पद हारसति लिगबाटै घर फर्किन बाध्य भयो ।

च्याम्पियन्स लिगको पाँच पटकका बिजेता बार्सिलोना विश्व स्टार स्ट्राइकर लियोनल मेसी, लुइस स्वारेज, ग्रिजम्यान र आन्सु सहित मैदानमा उत्रिएपनि ६ गोल अन्तरले लज्जास्पद पराजय व्यहोर्नुपर्यो ।

जर्मन टीम बार्यन च्याम्पिन्यस लिगको नकआउट चरणमा एउटै खेलमा आठ गोल गर्ने पहिलो क्लबको रुपमा कीर्तिमान रचेको छ । यसअघि सन् १९५५१ मा बार्सिलोना स्पान्योलसँग ६–० गोल अन्तरले पराजित भएको थियो। तर, त्यो लिग म्याच थियो। त्यस यता बार्सिलोनाले यति ठूलो गोल अन्तरले पराजित हुनु परेको थिएन।