काठमाडौँमा थपिए ४१५ जना संक्रमित

काठमाडौँ – काठमाडौं उपत्यकामा आज थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै जम्मा ४१५ जना संक्रमित थपिएका हुन् । यसअघि विहीबार काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

देशभरमा आज थप ९२७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार शुक्रबार थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यसअघि विहीबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८३ पुगेको थियो ।

आज थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।