नेपालमा थप ९२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ  नेपालमा आज थप ९२७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ९२७ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिए । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ३६ हजार ४५६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १६९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २० हजार २४२ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यसअघि विहीबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८३ पुगेको थियो । आज थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।