गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना पुष्टि

काठमाडौँ – गण्डकी प्रदेशमा आज थप २७ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २७ जना संक्रमितहरु थपिएका हुन् ।

नयाँ संक्रमितहरुमा कास्कीका २६ जना र नवलपरासी पूर्वका एक जना रहेका छन् । संक्रमण पुष्टि भएका अधिकांश सक्रमितको सम्पर्कमा रहेका मानिसहरु हुन् । पशुपन्छी तथा मत्स्य विकास निर्देशानलय, पोखरामा कार्यरत एक चिकित्सकमा पनि कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म ४ हजार २ सय दुई जना संक्रमित भएका छन् कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ ।