नेपालमा आज थपिए हालसम्मकै बढी संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घन्टामा एकैदिन चार हजार ३ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो एकैदिन नेपालमा संक्रमण पुष्टि भएको अहिलेसम्मकै उच्च संख्या हो । पछिल्लो २४ घन्टामा १८ हजार ४ सय ७३ पीसीआर नमूना परीक्षण गर्दा २ हजार ८ सय तीन पुरुष र १ हजार ५ सय ८१ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । बुधवार पनि नेपालमा ३ हजार ४ सय ३९ संक्रमित फेला परेका थिए । काठमाडौं उपत्यकामा मात्रै एकै दिन २ हजार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौंका २ हजार ८५, ललितपुरका ३ सय २० र भक्तपुरका १ सय ३५ जना रहेका छन । त्यस्तै काभ्रेमा २९, धादिङमा ७१, चितवनमा ६९, मकबानपुरमा १ सय ५, नवलपरासीमा ४९, अर्घाखाँचीमा २७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै दाङमा ५५, बाँकेमा ५७, रुपन्देहीमा १ सय ९९, सुर्खेतमा १ सय ६, कैलालीमा ७५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये २६ हजार ६ सय ८४ जना आइसोलेसनमा रहेका छन ।

तिमध्ये होम आइसोलेसनमा १४ हजार ९ सय ६७ जना र संस्थागत आइसोलेसनमा ११ हजार ७ सय १७ जना रहेका छन । संक्रमितमध्ये २ सय ३५ जना सघन उपचार कक्षमा र ४२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । एकैदिन २ हजार ६ सय ७५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन ।

योसँगै नेपालवाट कोरोनामुक्त हुने संक्रमितको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ । संक्रमणमुक्त हुनेको संख्या ७२ दशमलब ३ प्रतिशत रहेको छ । कोरोना संक्रमण पहिचानका लागि हालसम्म नेपालमा ११ लाख ३१ हजार ९ सय ५८ पीसीआर नमूना परीक्षण गरिएको छ । अहिले देशभर क्वारेन्टिनमा ४ हजार ४ सय ६० मानिस बसिरहेका छन । चार महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ ।

चितवनमा तीन, काठमाडौंमा दुई, सुनसरी, धनुषा र कास्कीमा एक–एक जना पुरुषको मृत्यु भएको हो । काठमाडौं, ललितपुर,भक्तपुर र सुर्खेतमा एक–एक जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।