ग्लोबल स्टडी पार्टनर्सको मिट एण्ड नेटवर्किङ इभेन्ट

काठमाडौँ –काठमाडौँको डिल्लीबजारमा रहेको ग्लोबल स्टडी पार्टनर्सले जि एस पी नेपाल पार्टनर्स मिट एण्ड नेटवर्कीङ ईभेन्ट २०२३ सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतीथि जि एस पी की सि ई ओ मिस ईलेन स्टार्कीले सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूले साथ दिएकोमा धन्यवाद दिदै भविष्यमा पनि साथ र सहयोगको अपेक्षा व्यक्त गरेकी थिईन।

कार्यक्रममा शिक्षा र यसका चुनौतीका बारेमा प्यानल डीस्कसन समेत सन्चालन गरीएको थियो । परामर्श व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा उपस्थित गेस्टहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

ग्लोबल स्टडी पार्टनरकी सि ई वो मिस ईलेन स्टार्कीले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो भने ग्लोबल स्टडी नेपालका कन्ट्री डिरेक्टर अनिल श्रेष्ठले ऊपस्थीत सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूमा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जि एस पी कोप्रेट हेड अफिसका चिफ ग्रोथ अफिसर अलि बुटले जि एस पीले गरेका प्रगती विकास र नेटवर्कीङको वारेमा चर्चा गर्दै गर्नु भएको थियो ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै जि एस पी नेपालका विज्नेस डेभलपमेन्ट म्यानेजर सूर्यदिप घतानीले सहभागीलाई धन्यवाद समेत व्यक्त गरेका थिए।