स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा त्रुटि, सामाजिक सञ्जालमा मजाक उडाईँदै

काठमाडौँ – स्वास्थ्य मन्त्रालयले आज जारी गरेका विज्ञप्तिमा त्रुटि देखिएपछि सामाजिक सञ्जालमा चर्चा पाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ६ वर्षीया बालिका हुनुपर्नेमा महिला लेखिएको छ ।

त्यस्तै आजै जारी गरेको एक विवरणमा थप ५ जनामा कोरोना संक्रमण भनेर विज्ञप्ति जारी भएको थियो । यस्तो विज्ञप्तिपछि सबैजसो सञ्चारमाध्यमले विज्ञप्तिलाई आधार बनाएर समाचार सार्वजनिक गरे ।

तर केहीबेरपछि मन्त्रालयले फेरि अर्को एक विज्ञप्ति जारी गर्यो । जुन यस्तो थियो :

 

यससँगै सामाजिक सञ्जालमा विभिन्न व्यक्तिले मन्त्रालयको विज्ञप्ति राखेर उछित्तो काढेका छन् ।