थप १३९ जनामा कोरोना संक्रमण, संक्रमित १८ हजार ७५२ पुगे

काठमाडौँ – नेपालमा आज थप १३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १३९ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १८ हजार ७५२ पुगेको छ । त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ६२६ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १३ हजार ७५४ पुगेको छ ।