आजदेखि लागु हुने यो नियम

काठमाडौँ – आजदेखि कडाइ गरिएको लकडाउनमा कसले सुविधा पाउँछ त ?  सरकारले जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयबाट जारी हुने पासमा कडाई गरेको छ । यसअघि जारी गरिएका पास सबै रद्द गरिएका छन् । तर पनि पास विना निश्चित व्यक्ति र सवारी साधनले विना रोकटोक आवागमन गर्न पाउनेछन् । यी हुन् ती लिष्ट :

एम्बुलेन्स, शवबाहन र दमकललाई पास आवश्यक पर्दैन ।
यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरुलाई पास पर्दैन
प्रेस काउन्सिलबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु ।
स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु,
औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु ।
खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति ।
फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति ।
ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति
अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरु
यी क्षेत्रका सवारी चलाउनेले अनिवार्य आफ्नो कर्मचारी परिचय पत्र साथमा लिएको हुनुपर्नेछ ।
यसैगरी, नयाँ पास लिन परिस्थिति हेरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मात्र नभई कतिपय अवस्थामा गृह मन्त्रालयको समेत अनुमति लिनुपर्नेछ ।

गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ । उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने भएको छ ।