आज थपिए हालसम्मकै धेरै २७२२ संक्रमित

काठमाडौँ – नेपालमा आज अहिलेसम्मकै धेरै २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

जसमा २१ हजार २३४ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ३ हजार ३०७ संक्रमित निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ ।