डोनाल्ड ट्रम्प र उनकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनकी श्रीमती मेलियाना ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार आफ्नो ट्वीटरमार्फत सो जानकारी दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले ट्वीटमा आफूहरुमा कोभिड १९ पोजिटिभ पाइएको उल्लेख गरेका छन् । यसकासाथै ट्रम्प दम्पत्ति क्वारेन्टिनमा रहने तथा औषधोपचारको प्रकृया सुरु गरेको पनि बताएका छन् ।

यसअघिको ट्वीटमा उनले ह्वाईट हाउसका एक सहयोगीमा कोरोना भाइरस पोजिटिभ पाइर्एपछि आफूहरु क्वारेन्टिनमा रहेको बताएका थिए ।