थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ४५७ पुगे

काठमाडौँ – विहीबार साँझ थप ३ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरानो संक्रमितको संख्या ४५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार बाँके र कपिलवस्तुमा गरी नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।