थप २५ मा कोरोना संक्रमण पुष्टि, संक्रमित ४२७ पुगे

काठमाडौँ – नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ देखि ४८ वर्षका २५ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ । थपिएका संक्रमितमध्ये १८ पुरूष र ७ महिला छन्।

बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४२७ पुगेको छ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ४५ जना उपचारपछि निको भएका छन भने दुई जनाको मृत्यु भएको छ ।