चट्यांग र हावाहुरीसहितको वर्षाको सम्भावना

काठमाडौँ – बंगालको खाडीबाट सक्रिय भएको अंपुन चक्रवात कमजोर भए पनि त्यसको आंशिक प्रभाव र स्थानीय वायुको प्रभावले आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पूर्वी क्षेत्रका थोरै स्थान तथा मध्य र पश्चिमी क्षेत्रका पहाडी भू–भागमा हावाहुरीसहित वर्षा हुने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान वुलेटिनमा उल्लेख छ।

यस्तै आज राति पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्या र हावाहुरीसहितको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।