काठमाडौँ – खुल्लापाटी डटकमको खुल्ला बहस अन्तर्गत आज सांसद एवं शिक्षासेवी उमेश श्रेष्ठसँग बहस हुँदैछ । शिक्षक शिक्षिकाको तलब, घरभाडा तथा प्रशासनिक खर्च धान्नै नसकेको भन्दै अभिभावकसँग शुल्क तिरिदिन निजी विद्यालयक सञ्चालकहरुको छाता संगठन प्याब्सन र एन प्याब्सनको अपिल पछि सरकारले शुल्क नलिन निर्देशन दिएको छ ।
विद्यार्थी संगठनहरुले शुल्क नतिर्न अभिभावकमा आह्वान गरेका छन्, शुल्क नउठाउन चेतावनी पनि दिएका छन् ।
निजी विद्यालयका क्षेत्रमा सतिशाल झैँ उभिएका श्रेष्ठसँग निजी विद्यालयका संकटबाट बहस हुन लागेको हो । बहसबेलुका ५ बजे हुनेछ ।
प्याब्सनका वरिष्ठ सल्लाहकारसमेत रहेका श्रेष्ठसँगको बहस प्रत्यक्ष हेर्न खुल्लापाटी डट कमको तल उल्लेखित फेसबुक पेज लाइक गर्नुहोला ।
https://www.facebook.com/khullapati2020/
साथै नियमित अपडेटका लागि युट्युब पनि सब्स्क्राइब गर्नुहोला ।