८ वर्षदेखि अनुत्तीर्ण विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षा गर्ने

काठमाडौँ –राष्ट्रिय परीक्षा बोर्डले २०७२ सालदेखि अनुत्तीर्ण विद्यार्थीहरुलाई लक्षित गरी मौका परीक्षा सञ्चालन गर्ने भएको छ । उत्तीर्ण हुन नसकेका विद्यार्थीहरुलाई एक पटकका लागि मौका परीक्षा दिने बोर्डले निर्णय गरेको छ । बोर्डले २०७२ देखि २०७५ सम्मका विद्यार्थीहरुका लागि एक पटक मौका परीक्षा दिने निर्णय गरेको हो ।

पुरानो पाठ्यक्रम अनुसार परीक्षा दिएका तर उत्तीर्ण हुन नसकेका रजिष्ट्रेशन अगाडीको अंक ७२ देखि ७५ सम्मका विद्यार्थीलाई एक पटकका लागि मौका परीक्षा दिन पाउने गरी निर्णय गरिएको परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।