चितवनमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – चितवनमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड ल्यावले शनिबार राति १२ बजे सार्वजनिक गरेको परीक्षणमा रिपोर्टमा चितवनका ३० सहित ३४ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितहरू १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म रहेको चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिनुभयो ।