नेसन्स लिगमा आइसल्याण्ड पराजित

एजेन्सी – युईएफए नेसन्स लिग फुटबलमा आइसल्याण्ड ईंग्ल्याण्डसँग पराजित भएको छ । शनिबार भएको खेलमा आइसल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्यो ।

आइसल्याण्डको मैदानमा भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्टर्लिङले निर्णायक गोल गरे । दुबै टिम १० खेलाडीमा समेटिएको खेलको इन्जुरी समयमा स्टर्लिङले पेनाल्टीमा निर्णायक गोल गरेका थिए ।

आइसल्याण्डका डिफेन्डर इन्गासनले पेनाल्टी क्षेत्रमा हातले बल रोकेपछि इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो । खेलको इन्ज्युरी समयमै बिर्किरले पेनाल्टीमा गोल गर्न नसक्दा आइसल्याण्डले कम्तिमा बराबरी रहने मौका गुमाएको थियो ।