कोरोनाबाट थप १० जनाको मृत्यु

काठमाडौँ – नेपालमा आज थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाका ७६ वर्षीय पुरुष, काठमाडौँका ४०, ६०, ६३ र ८२ वर्षीय चार जना पुरुष, ललितपुरकी ७५ वर्षीय एक महिला, भक्तपुरकी ७२ वर्षीय एक महिला र चितवनका ८० वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

त्यसैगरी रुपन्देहीका ६७ वर्षीय एक पुरुष, पाल्पाकी ४० वर्षीय एक महिलाको पनि निधन भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४११ पुगेको छ ।