नेक्ससमा नवागन्तुक विद्यार्थीका लागि स्वागत कार्यक्रम

काठमाडौँ –काठमाडौँको पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले यस शैक्षिक सत्रमा अध्ययनका लागि आएका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम आयोजना गरेको छ ।

विद्यालयले यस वर्ष विद्यालयमा अध्यनका लागि आएका विद्यार्थीहरुलाई विद्यालयका नियम, अनुशासन लगायतबारे जानकारी गराइएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, प्रहसन लगायत प्रस्तुत गरेका थिए । सोही क्रममा विद्यालयमा यस वर्ष अध्यापनका लागि जोडिनुभएका शिक्षक शिक्षिकालाई पनि स्वागत गरिएको थियो ।