काञ्जीरोवा नेशनल स्कुल २५ औँ बर्षमा प्रवेश

काठमाडौँ – काठमाडौँको कोटेश्वरमा रहेको काञ्जीरोवा नेशनल माध्यमिक विद्यालय स्थापनाको २४ बर्ष पूरा गरेर २५ औँ बर्षमा प्रवेश गरेको छ । २५ वर्षको अवधि पुगेको अवसरमा शुक्रबार कमलादी स्थित राष्ट्रिय प्रज्ञा—प्रतिष्ठानमा एक भब्य समारोहबीच विद्यालयले २५ औँ वार्षिकोत्सव कार्यक्रम आयोजना गरी मनायो ।

२०५५ सालमा काठमाडौँ डोन वस्को उच्च माध्यमिक विद्यालयको नामले स्थापित यस विद्यालयले विभिन्न आरोह अवरोहबीच २५ औँ वर्षमा प्रवेश गरेको हो ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको समारोहमा विभिन्न् शिक्षा क्षेत्रका विशिष्ट ब्यक्तित्व, पूर्व विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाविद् तथा अन्य विशिष्ट पाहुनाहरूको उपस्थित थिए ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूको गीत, सङ्गीत, नृत्य, कविता तथा अन्य प्रस्तुती सहित विशेष उद्घाटन समारोह आयोजना गरिएको थियो ।

समारोहमा विद्यालयमा अनवरत रूपमा लामो समयसम्म सेवा पु¥याउने शिक्षक तथा कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो ।

त्यस्तै, विद्यालयबाट यसै वर्ष कक्षा १० र कक्षा १२ को अन्तिम परीक्षा दिएका विद्यार्थीहरूलाई पनि सम्मान गरेको छ ।

रजत महोत्सवको अवसरमा वर्षभरि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विविध कार्यक्रम आयोजना गरिने विद्यालयका प्राचार्य रन्जित थापाले जानकारी दिए । विद्यालयले पढाई सँगै सिप विकास गर्दै शैक्षिक गुणस्तरलाई जीवनोपयोगी बनाउन लागिपरेको उहाँको दाबी छ ।

ु२१ औँ शताब्दीको आवश्यकता अनुरूप सिप विकासमा केद्रित रहेर ज्ञान हासिल गर्न जोड दिँदै विद्यालयले अनुशासित नागरिक उत्पादन गर्दै विकासमा योगदान पु-याएको छ ।’– थापाले स्पष्ट पारे ।

काञ्जिरोवाले शैक्षिक गुणस्तरलाई जीवनोपयोगी बनाउन कारखाना, रोवोटिक्स एसोसिएसन नेपाल, सम्भाव्य फाउण्डेसन, लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाहरूसँग पनि सहकार्य गरेको उहाँले स्पष्ट पार्नुभयो ।