शिक्षकहरु आन्दोलनमा पठन पाठन ठप्प

काठमाडौँ– नेपाल शिक्षक महासंघको आह्वानमा प्रस्तावित शिक्षा विधेयकप्रति असहमति जनाउँदै देशभरका शिक्षकहरु संघीय राजधानी काठमाडौँमा आन्दोलनमा उत्रिएपछि देशभरका सामुदायिक विद्यालयमा पठन पाठन ठप्प भएको छ ।

शिक्षकहरु काठमाडौं आएर बुधबारदेखि नै आन्दोलन सुरु गरेका थिए । विहीबार पनि आन्दोलन जारी राखेका कारण पठन पाठन ठप्प हुन पुगेको हो । शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै बुधबारदेखि देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् ।