एनप्याब्सन अध्यक्षमा सुवास न्यौपाने

काठमाडौँ –राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) को अध्यक्षमा सुवास न्यौपानेलाई पदबहाली गराइएको छ । २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनको सहमति अनुसार उहाँलाई अध्यक्षमा पदबाहली गरिएको हो। त्यसबेला भएको सहमति अनुसार अध्यक्ष पाण्डव हमालको कार्यकाल भदौ २४ गतेदेखि सकिएकाले बाँकी कार्यकालका लागि न्यौपानेलाई पदबहाली गराइएको हो ।

पदबहाली कार्यक्रममा संस्थापक अध्यक्ष, पूर्व पदाधिकारी, बर्तमान केन्द्रिय समितिका सदस्यहरु, देशैभरका जिल्ला अध्यक्ष, महानगर, नगर, र पालिकाका अध्यक्ष साथै शैक्षिक संस्थाका संचालक, प्रिन्सिपल, डाइरेक्टर लगायत उपस्थित थिए । यद्यपि निवर्तमान अध्यक्ष पाण्डव हमाल भने अनुपस्थित रहे । कार्यक्रममा सहभागीले यसअघि भएको सहमति अनुरुप पुर्व अध्यक्ष गीता राणा, कर्णबहादुर शाही , ऋतुराज सापकोटा, दुर्गा जोशी, प्रकाश पाण्डेले हस्ताक्षर गरी समन्वय गरेर संस्थ अघि बढाउन खोज्दा हिजोको सहमति बिर्सिएर पद हस्तान्तरण नगर्नु नैतिकता विपरीत भएको भन्दै आलोचना गरेका थिए ।

कार्यक्रममा प्याब्सनका अध्यक्ष डिके ढुङ्गनाले शुभकामना दिँदै शैक्षिक क्षेत्रबाट राज्यले सकारात्मक दृष्टिकोण नलिएको भन्दर्भमा न्यौपानेको आगामी कार्यकालमा समन्वय सहकार्यसाथ अघि बढने र शैक्षिक मुद्धा दृढताका साथ अघि बढाइने बताउनुभयो । राष्ट्रिय महाधिवेशनले दिएको म्याण्डेट अनुरुप दुइजना अध्यक्षका उमेदवारहरुलाई पालैपालो आधा–आधा समय नेतृत्व गर्ने भनेको संगठनिक कानुन नै हो भन्दै केही अडचन भएपनि यसलाई सहजरूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेल नेशनल प्याब्सनका संस्थापक वसन्तबहादुर श्रेष्ठ, अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी, निजी विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा, लगाएतले शुभकामना मन्तव्य दिएका थिए।