खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु

काठमाडौँ – अछामको नरहरिनाथ खोला तर्ने क्रममा बगाएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

खोलाले बगाएर मृत्यु हुनेमा अछाम पञ्चदेवल विनायक नगरपालिका ९ बस्ने ३३ वर्षीया देवा बोहरा, उहाँकी छोरी १४ वर्षीया विपना, एक वर्षीया छोरी आकृति र सात वर्षीय छोरा हेमन्त रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

अछाम र कालीकोटको सीमा क्षेत्रमा पर्ने नरहरिनाथ खोला तर्ने क्रममा उनीहरुको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ । लगातारको बर्षाका कारण खोलामा बाढी आएको थियो ।