४३९२ जनामा संक्रमण, थप २१ जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको मन्त्रालयले जनाएको छ । यसमा ३७ हजार ३८२ सक्रिय संक्रमित छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ५२२ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।

थप २१ जनाको मृत्यु

यसैबीच, पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको मन्त्रालयले जनाएको छ ।