काठमाडौँ उपत्यकामा थप २४०२ जनामा कोरोना पुष्टि

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७८४, ललितपुरमा ३७५ र भक्तपुरमा २४४ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार उपत्यकामा सहित नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।