उपत्यकाव्यापी अन्तरविद्यालय नृत्य प्रतियोगितामा नेक्सस प्रथम

काठमाडौँ– पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले उपत्यकाव्यापी अन्तरविद्यालय स्तरीय तीज विशेष नृत्यकला प्रतियोगिता प्रथम स्थान हासिल गरेको छ । भक्तपुरको युनिक नेपाल एकेडेमीले आयोजना गरेको प्रतियोगितामा नेक्सस सर्वप्रथम भएको हो । प्रतियोगितामा ग्लाडस्टोन एकेडेमी फस्ट रनर अप बन्न सफल भयो भने ग्लोबल पाठशालाले सेकेण्डर रनर अपको स्थान हासिल गर्यो ।

प्रतियोगितामा सुप्रिम एकेडेमी, नवरत्न ईग्लिस स्कुल र इरुडाइट एकेडेमीले सान्त्वना स्थान हासिल गरे । प्रतियोगितामा नवरत्न ईग्लिस स्कुलले बेस्ट कोरियोग्राफरको अवार्ड जित्यो । प्रतियोगितामा हिमचुली एकेडेमी, ओम ज्ञान मन्दिर सेकेण्डरी स्कुल, भक्तपुर इंग्लिस स्कुल, ग्लोबल पाठशाला, ब्रेन हार्ट स्कुल, क्यान्डिड इंग्लिस स्कुल, शंकर नेशनल स्कुल, डेन्स इन्टरनेशनल स्कुल, लर्ड बुद्ध ईग्लिस स्कुल, इम्यानुअल इग्लिस स्कुल, सूर्यविनायक इंग्लिस स्कुल, मेरिगोल्ड इंग्लिस स्कुल, जनप्रेमी वल्ड स्कुल, गोल्डेन सुनगाभा स्कुल, ग्लाडस्टोन एकेडेमी, वेदिक स्कुल, सुर्योदय ईग्लिस स्कुल, ईरुडाइट एकेडेमी, प्रज्ञा स्कुल, सिद्धार्थ विद्यापीठ स्कुल, सिभिएम सेकेण्डरी स्कुल, अर्बिट ईग्लिस स्कुल, लोटस ईग्लिस स्कुल, पे्रसिअस ईग्लिस स्कुल, सुप्रिम एकेडेमी, होलिगार्डेन इंग्लिस स्कुल, जेसिस सेकेण्डरी स्कुल, तपोभूमि स्कुल, अमिनिटी इंग्लिस स्कुल, चाणक्य सेकेण्डरी स्कुल, नवरत्न ईग्लिस स्कुल, त्रिस्टार ईग्लिस स्कुल र नेक्सस सहभागी थिए ।

प्रतियोगिताको निर्णायकमा कोरियोग्राफर एवं नृत्य निर्देशक कविराज गहराज र कोरियोग्राफर एवं नृत्य निर्देशक प्रकाश रावत थिए । विजयीहरुलाई मध्यपुर थिमी वडा नं एक का वडाध्यक्ष बाबुकाजी डंगोल र केन्द्रीय प्याब्सनका महासचिव आरबी कटुवाल, मध्यपुर ठिमी नगर प्याब्सनका अध्यक्ष निलेश आचार्यले पुरस्कृत गर्नुभयो । प्रतियोगितामा सभापतित्व विद्यालयका समीर शाह र सुमन बस्नेतले गर्नुभएको थियो ।