नेक्ससमा चुनाव, यसरी छानिए हाउस क्याप्टेन

काठमाडौँ – देश चुनावमा होमिन लागेको बेला पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले चुनावी प्रक्रियाबाटै विद्यालयका हाउस क्याप्टेन र सहक्याप्टेनहरुको चयन गराएको छ ।

चुनावी पद्धतिबारे विद्यार्थीहरुलाई जानकारी पुगोस् भन्ने हेतुले हरेक वर्ष विद्यार्थीहरुको हाउस क्याप्टेन विद्यार्थीहरुको मतदानमार्फत गराइने गरेको विद्यालयका संस्थापक प्राचार्य आरबी कटुवाललले जानकारी दिनुभयो ।

‘हामीले संस्कारसहितको शिक्षामा जोड दिइरहेको परिप्रेक्ष्यमा देश चलाउने प्रधानमन्त्री, मन्त्री कसरी चयन हुन्छन भनेर विद्यार्थीहरुमा व्यवहारिक ज्ञान होस भनेर प्रजातान्त्रिक पद्धतिबारे जानकारी दिन र आफ्ना प्रतिनिधि आफैँ छानुन विद्यार्थीहरुले भनेर मतदानमार्फत नै विद्यालयका हाउस क्याप्टेन सह क्याप्टेन चयन गरिएको हो । ’ उहाँले स्पष्ट पार्नुभयो ।

यसले विद्यार्थीहरुमा चुनावी पद्धतिबारे व्यवहारिक रुपमैँ ज्ञान मिलेको उहाँको भनाइ छ । नेक्ससका ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थववेदका प्रतिनिधि विद्यालयका विद्यार्थीहरुले चयन गरेका थिए । जसमा विद्यार्थीहरुले आफ्ना प्रतिनिधि गोप्य मतदानमार्फत स्वस्तिक चिन्हको मत हालेर चयन गरेको विद्यालयले जनाएको छ ।

चुनावपछि बढी मत ल्याउनेलाई जिम्मेवारी हस्तान्तरण र सपथ ग्रहणसमेत गराइएको थियो । ‘ जसरी मन्त्रीहरुले मन्त्रालयका जिम्मेवारी र दायित्वबारे सपथ लिन्छन त्यसैगरी हाउस क्याप्टेनका जिम्मेवारी र दायित्वबारे सपथ ग्रहण गरायौँ । विद्यालयका प्राचार्य कटुवालले स्पष्ट पार्नुभयो ।