कोरोनाको पछिल्लो इपिसेन्टर ब्राजिल, विश्वभर संक्रमित ५३ लाख नाघे

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको संख्या ५३ लाख नाघेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि बढेर ३ लाख ४० हजार पुगेको छ ।

अमेरिकामा संक्रमितको संख्या १६ लाख ४५ हजार बढी पुगेको छ भने त्यहाँ मृत्यु हुनेको संख्या एक लाख नजिक पुगेको छ । अमेरिकामा अहिलेसम्म ९७ हजार ६ सय बढीको मृत्यु भएको छ ।

पछिल्लो समय अमेरिकापछि सबैभन्दा बढी संक्रमित संख्या भएको देश ब्राजिल बनेको छ ।

ब्राजिलमा ३ लाख ३२ हजार बढी मानिसहरु कोरोनाबाट संक्रमित भएका छन् । ब्राजिलमा मृत्यु दर पनि बढ्दै गइरहेको छ । त्यहाँ २१ हजार १ सय बढीको मृत्यु भइसकेको छ । ब्राजिलमा बितेको २४ घण्टामा १ हजार ४ सय ९२ जनाको ज्यान गएको छ ।