थप १० जनामा कोरोना पुष्टि, संक्रमित २९१ पुगे

काठमाडौँ – नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार रौतहटमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत रौतहटको विभिन्न स्थानीय तहका १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनएको छ । थप १० जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या २९१ पुगेको छ ।