कोरोनाका कारण मृत्यु हुनेको संख्या १५७ पुग्यो

काठमाडौँ – नेपालमा सोमबार थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा थप ८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सुनसरीका एकजना ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी एक ७० वर्षीय महिला, काठमाडौकी एक ४८ वर्षीय महिला र रुपन्देहिका एक ६७ वर्षीय महिला समेत ३८, ५३ र ५४ वर्षीय पुरुषको निधन भएको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।