कोरोना संक्रमितको संख्या बढेको बढ्यै, एकैदिन थपिए ३१४ जना

काठमाडौँ – आज थप ३१४ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सोमबार थप ३१४ जनामा संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ । कुल ७१ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४८८ पुगेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म १४ जनाको मृत्यु भैसकेको छ ।