आज कस्तो रहला मौसम ?

काठमाडौँ – मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।