प्याब्सन एसइई प्रि–बोर्ड परीक्षा माघ १५ गतेदेखि

काठमाडौँ – यस वर्षको ‘प्याब्सन एसईई प्रि–बोर्ड परीक्षा’ आगामी माघ १५ गतेबाट सञ्चालन हुने भएको छ । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) ले मातहतका विद्यालयमा सञ्चालन गर्ने ‘प्याब्सन एसईई प्रि–बोर्ड परीक्षा’ माघ १५ गतेदेखि गराउने निर्णय गरेको प्याब्सन केन्द्रीय महासचिव आरबी कटुवालले खुल्लापाटीलाई जानकारी दिनुभयो ।

प्याब्सनले माघ १५ गतेदेखि २३ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णयसँगै छिट्टै तालिका पनि सार्वजनिक गर्ने उहाँले बताउनुभयो । प्याब्सनले हरेक वर्ष राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीलाई सहज बनाउने उदेश्यले मातहतका विद्यालयमा प्याब्सन एसईई प्रि–बोर्ड परीक्षा सञ्चालन गर्ने गरेको छ ।