निषेधाज्ञा हुँदा पनि किन बढ्दो छ काठमाडौँमा संक्रमण ? काठमाडौँमा २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशामा गरिएको परीक्षणमा थप २२४ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो ।

काठमाडौँमा १७७ जना, ललितपुरका ३३ जना र भक्तपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डा. गौतमका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र होम आइसोलेसनमा ४ हजार ५६१ जना छन् ।