थप १२ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा आज थप १२ सय २१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १२२१ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ३८ हजार ५६१ पुगेको जानकारी दिए। त्यस्तै, पछिल्लो २४ घन्टामा २६७ जना डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।