प्रहरी पक्रिन जाँदा पाइन्ट फुकालिदिएपछि……

काठमाडौँ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारी बजारमा एक व्यक्ति प्रक्रिन प्रहरी पुग्यो । डयुटीमा रहेका प्रहरी माथि हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिन खोजको थियो । प्रहरीले नियन्त्रणमा लिन खोज्दा पाइन्ट, कट्टु समेत फुकालेर नाङ्गै हिडन थाले ।

त्यसपछि भने स्थानिय बासिन्दा प्रहरी, सशस्त्र प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएका छन । पक्राउ पर्नेमा महाकाली नगरपालिका ७ दोधाराका विरेन्द्र बोगटी रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले बताए । झलारी बजारमा डयुटीमा रहेका प्रहरी र सशस्त्र प्रहरीले बोगटीलाई रोक्न खोज्दा प्रहरी माथि कुटपिटमा उत्रिएका हुन ।

बेदकोट नगरपालिकाको दैजीमा बोगटीले स्थानीयलाई कुटपिट गरिरहेका बेला सशस्त्र प्रहरी निरीक्षक ईश्वरी दत्त भट्टले रोक्न खोज्दा बोगटीले भट्टमाथि ढुङ्गा प्रहार गरी सशस्त्र प्रहरी भट्ट चढेको मोटरसाईल खोसेर शुक्लाफाँटाको झलारी पुगेका थिए । नियन्त्रणमा लिईएका बोगटीलाई इप्रका झलारीको हिरासतमा राखिएको छ । यस अघि समेत बोगटी झै झगडा गर्ने र कुटिने अबस्था आए नाङ्गै भएर भाग्ने गरेको दोधाराका स्थानिय बासिन्दाको भनाई रहेको छ ।