काठमाडौँमा थप ४२९ जनामा कोरोना संक्रमण

काठमाडौँ – काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४२९ जनामा कोारोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा ३७२, भक्तपुरमा १२ र ललितपुरमा ४५ जना नयाँ संक्रमित थपिएका छन् ।यससँगै देशभरमा आज १२ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।