एन्फामा कर्माछिरिङको चार वर्ष, फुटबल खेलमा भयो के ?

काठमाडौँ – अखिल नेपाल फुटबल संघ ( एन्फा)मा कर्माछिरिङ शेर्पाको नेतृत्वपछि विभिन्न काम भएको छ । २०७४ साल वैशाख २२ गते कर्माछिरिङ शेर्पाको नेतृत्वमा चयन भएको कार्यसमितिले गरेका विभिन्न कार्य अन्तर्गत साफ फुटबल प्रतियोगितामा फाइनल खेल्न पाउनु । २८ वर्षपछि नेपालले साफ फुटबलमा फाइनलमा पुगेको हो । साग फुटबलमा त नेपालले गोल्ड मेडल नै हात पा-यो ।

नेपाल, बंगलादेश र किर्गिस्तानबीच थ्री नेशन्स कप भएकोमा नेपालले नै गोल्ड मेडल हात पारेको थियो । यतिमात्र होइन एन्फाले पहिलोपटक महिला फुटबल पहिलो पटक उपत्यकाबाहिर गरेको छ । विराटनगरमा महिला साफ फुटबल आयोजना गरिएको थियो जसमा नेपाल फाइनल पुगेको थियो । उनका अनुसार एन्फाले पहिलोपटक प्रो–लाइसेन्स नेशनल कोच ल्याउन सफल भएको छ ।

त्यस्तै विद्यालय तहबाटै फुटबल खेलाडि उत्पादन गर्ने अभिप्रायले शेर्पाले ग्रासरुट फुटबल सुरुवात गरे । उनका अनुसार ग्रासरुट फुटबलमा खेलाडि उत्पादन गर्ने मुल अभिप्राय छ । खुल्लापाटीसँग उनले भने –‘६ वर्षदेखि १२ वर्ष सम्ममा १७ हजार बालबालिका यसमा सहभागी छन । स्कुल लेभलबाटै वा विद्यार्थी उमेरबाटै उपर्युक्त प्रतिभा जो मेस्सी, पेले, रोनाल्डो भेटिन्छन भनेर हामीले दीर्घकालिन सोचका साथ कार्य प्रारम्भ गरेका हौँ ।’

इतिहासमैँ पहिलोपटक ए डिभिजन मान्यताप्राप्त क्लबहरुले आफ्नै एकेडेमी सुरुवात गरेका छन । ९ वटा क्लबले विभिन्न विद्यालयसँग समन्वय गरी एकेडेमी सञ्चालन गरिरहेका छन । त्यस्तै पहिलो पटक प्रदेश फुटबल संघ स्थापना भई लिग सम्पन्न भएको छ । फुटबलमा पहिलोपटक अनलाइन दर्ताको सुरुवात भएको छ ।