थप २८२४ जनामा संक्रमण, संक्रमित १ लाख ७३ हजार नाघे

काठमाडौँ -नेपालमा आज थप २ हजार ८२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ८२४ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १ लाख ७३ हजार ५६७ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा ३६२० जना डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या एक लाख ३४ हजार ८४२ पुगेको छ ।