थप ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा आज थप ७४३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ७४३ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ३२ हजार ६७८ पुगेको छ । उहाँका अनुसार पछिल्लो २४ घन्टामा १७५ जना डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १८ हजार ८०६ पुगेको छ ।