यातायात सञ्चालनमा भदौ १५ सम्म रोक लगाउने सरकारको निर्णय

काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्चरुपमा बढेको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म रोक लगाउने निर्णय गरेको छ । यसअघि भदौ १ पछि सञ्चालन गर्न दिइने भनिएको भएपनि उपत्यकाका मेयरहरुको संगठन उपत्यका मेयर फोरम समेतको आग्रहमा सरकारले भदौ १५ सम्म स्थगन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै भदौ एक गते देखि संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा पनि रोक लगाइने भएको छ । बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ ।

साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ ।