गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्तिमार्फत थप ४४ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ४४७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा कास्कीका २२ जना, लमजुङका १७ जना, बागलुङका तीनजना, स्याङ्जाका एकजना, नवलपरासी पूर्वका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये कास्कीको पोखरा महानगरपालिकाका २ जना महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पृथ्वी चोकमा कार्यरत कर्मचारी हुन् ।