नेक्ससको अर्को छलाङ: राष्ट्रव्यापी व्याडमिन्टनमा सर्वप्रथम

काठमाडौँ – पेप्सीकोलास्थित नेक्सस इन्टर नेशनल एकेडेमीले अर्को महत्वपूर्ण जित हासिल गरेको छ । अध्यापनका साथै अतिरिक्त क्रियाकलापमा पनि उल्लेख्य प्रगति गर्दै गइरहेको नेक्ससले हालै राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगितामा पनि देशभर सर्वप्रथम भएको छ ।

कास्की जिल्ला ब्याडमिन्टन संघले कास्कीको ब्याडमिन्टन हलमा आयोजना गरेको प्रतियोगितामा नेक्ससकी स्वर्लिन श्रेष्ठले प्रथम स्थान हासिल गरेकी हुन् ।

बिबिए क्लबकी निकासा मगरलाई फाइनलमा पराजित गर्दै उनले प्रथम स्थान हासिल गरेकी हुन । नेक्ससले यसअघि पनि विभिन्न प्रतियेगितामा जित हासिल गर्दै आएको छ ।