काठमाडौँ उपत्कामा अत्यावश्यक बाहेकका सेवा भदौ १५ सम्म स्थगित

काठमाडौँ – उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सेवा प्रवाहलाई भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको नगरपालिका फोरमको बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले उपत्यकाभित्र समूदायस्तरमा संक्रमणको उच्च जोखिमलाई ध्यानमा उपत्यकाबासीलाइ उच्च सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेको छ । साथै बैठकले कोभिड-१९ को संक्रमण फैलनसक्ने खतरालाई ध्यानमा राखी सरकारको समर्थन वा विरोधमा र्‍याली, भेला, अनसन, जुलुस लगायतका गतिविधि गर्न कडाईका साथ निषेध गरिनुपर्ने तथा भिडहुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा पनि रोक लगाउन समेत बैठकले अनुरोध गरेको छ ।

हेर्नुहोस बैठकपछि जारी गरिएको विज्ञप्ति :