थप २६३८जनामा कोरोना संक्रमण, संक्रमित १ लाख १७ हजार पुगे

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २१७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८० हजार ९५४ पुगेको छ ।

कोरोना कारण थप १२ जनाको मृत्यु
यसैबीच, स्वास्थ्य मन्त्रालयले थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको जनाएको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।