काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन नियमन गर्ने ऐनले गरेको व्यबस्था अनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले कात्तिक ७ गतेभित्र विज्ञापनरहित, क्लिनफिड प्रसारण गर्न गराउन सम्बन्धित संघ संस्थालाई निर्देशन गरेको छ ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव गोकर्णमणी दवाडीले आज एक विज्ञप्ति जारी गरी ऐन प्रारम्भ हुँदाको समयमा विदेशी च्यानलसँग डाउनलिङ गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्षभित्र अर्थात् कात्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिनफिड प्रसारण गर्नुपर्ने कानूनी व्यबस्थाको कार्यान्वयन गर्न निर्देशन दिएका हुन ।