नेक्सस संकटा कप फुटबल : लोयल्टी र साइविद्या मन्दिरको जित

काठमाडौँ –पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमी र संकटा युथ क्लबको संयुक्त आयोजनामा सुरु भएको पाँचौं नेक्सस–संकटा कप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा लोयल्टी एकेडेमी र श्री सञ्जय साई विद्या मन्दिरले जित हासिल गरेका छन ।

प्रतियोगिता अन्तर्गत आजको खेलमा लोयल्टीले कौस्तुभ एकेडेमीलाई ३–० गोल अन्तरले पराजित ग-यो ।

आजै भएको दोस्रो खेलमा श्री सञ्जय साई विद्या मन्दिरले ग्रामर पब्लिक स्कुललाई एकका विरुद्ध चार गोल अन्तरले पराजित ग-यो ।

‘फुटबल फर एजुकेशन’ भन्ने नारासहित सुरु भएको प्रतियोगितामा विभिन्न १६ विद्यालयका टिम सहभागी छन । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार पाउनेछ ।